५ हजार ५ सय ५५ किलो तौलको महाघण्टालाई बागलुङमा स्वागत (भिडियो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ २१ २០८០

लामो समयको प्रतिक्षापछि बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा राखिने ३१ फिट लामो मौलो, महाघण्ट र क्लश बागलुङमा ल्याएको छ ।
३१ फिट लामो मौलो, ५ हजार ५ सय ५५ किलो तौलको महाघण्ट र क्लश देशका विभिन्न क्षेत्रमा परिक्रमा गराइदै बागलुङमा ल्याईएको हो । शोभायात्रा सहित पर्वतको कुश्मा हुँदै बागलुङमा आएको टोलीलाई स्वागत पनि गरिएको थियो ।
सर्वसिद्धी क्लस सहितको मौलोलाई गण्डकी प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि दिपेन्द्रबहादुर थापा लगायत बागलुङबासीले स्वागत गरेका थिए । टोलीलाई स्वागत गर्दै मन्त्रि थापाले बागलुङको पहिचान र गौरबको लागि सर्वशिद्धिधाम पंचकोटमा निर्माणाधिन संरचनालाई सवै मिलेर पुर्णता दिनुपर्ने बताउनुभयो ।
पवित्र मुक्तिक्षेत्र, शालग्रामवाहिनी कृष्णागण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृंखलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोटधाममा आगामी फागून ९ देखि २३ गतेसम्म महायज्ञ गर्ने तयारी गरिएको छ । महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक, मुक्तिनाथ पीठाधीश्वर अनन्त श्री विभूषित कमलनयनाचार्यको सत्संकल्पमा महायज्ञ आयोजना गरिएको हो ।


स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो ।
महायज्ञमा २५ फिट अग्लो धान्य मौलो, ९ वर्ष पुगेका नवकन्याहरुको उचाइ बराबर ९ वटा मौलोहरु सहितको नवधान्याचल, सयौँ गुरुहरुबाट ४ वेद १८ पुराण लगायतका पाठ परायण, सवालाख श्रीफल (नरिवल) होम, पञ्चकोट–पञ्चकुण्डात्मक होम, तुला दान, भूमिदान, सवा ५ करोड दीपदान लगायतका कार्यक्रम रहेको जनाइएको छ ।

पुरा भिडियो हेर्नुहोस् ।