प्रेस चौतारी कपः चिल्ड्रेन, फयुचर, आदर्श, अमर सेमिफाईनलमा प्रवेश

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ २१ २០८០

बागलुङमा जारी प्रेस चौतारी कप बिद्यालय स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बागलुङ शाखाको आयोजनामा संचालित बिद्यालय स्तरीय फुटवल प्रतियोगिता अन्तरत शनिवार क्वाटर फाइनलको समाप्तीसंगै सेमिफाइनलको समिकरण पुरा भएको हो ।
बागलुङको बाङ्गेचौर खेल मैदानमा संचालित प्रतियोगिताको शनिवार भएको पहिलो खेलमा रेश नुनथला माविलाई ० का बिरुद्ध ८ गोल गर्दै चिल्ड्रेन लाइफ बोडिङ स्कुल, दोस्रो खेलमा सिगाना माविलाई ० का बिरुद्ध १ गोल गर्दै प्mयुचर व्राइटर बोडिङ स्कुुल सेमिफाइलनमा प्रवेश गरेका छन् ।
त्यसै गरि तेस्रो खेलमा मुलपानी माविलाई ० का बिरुद्ध १ गोल गर्दै आदर्श बिद्या मन्दिर र चौथो खेलमा रुद्रेपिपल माविलाई ० का बिरुद्ध २ गोल गर्दै अमर आर्दश सेमिफाइनमा प्रवेश गरेको प्रेस चौतारी बागलुङ शाखाका सचिव अर्जुन कार्कीेले जानकारी दिनुभयो ।
आइतवार सेमिफाइनलका पहिलो खेल बिहान ११ बजे चिल्ड्रेन लाइफ बोडिङ स्कुल बिरुद्ध आदर्श बिद्या मन्दिर र दोस्रो सेमिफाइनल खेल दिउँसो १ बजे फ्युचर व्राइटर बोडिङ स्कुल बिरुद्ध अमर आर्दशकाबिच हुने कार्कीले बताउनुभयो ।
स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारीता भन्ने नाराका संचालित प्रतियोगिताबाट बिजेता समुहलाई नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता हुने समुहलाई नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र बिद्यागत खेलाडिलाई पनि पुरस्कृत गरिने कार्कीले बताउनुभयो ।

 

May be an image of 2 people, people playing tennis, people standing, sports equipment and text

May be an image of 2 people and text

May be an image of 2 people and text

May be an image of 3 people and text