२ बर्षको छोरा सहित महिला बेपत्ता

/ प्रकाशित मिति :
शुक्रबार, माघ १९ २០८០

बागलुङ, १९ माघ – एकसाता देखि एक महिला बेपत्ताभएकी छिन् । गलकोट नगरपालिका वडा नंं १ दुदिलाभाटीको थलिङ बस्ने बाबुराम सुवेदीकी पत्नि सरस्वती माघ १२ गतेदेखि बेपत्ताभएकीहुन् ।

घरबाट माघ ९ गते वडा नंं ७ को मल्म स्थित बैनीको घर गएकी ३० बर्षिय सुवेदी १२ गते फर्केकीथिइन् । उनीसँगै साँढे २ बर्षको छोरा समेत छन् । बैनीको घरबाट निस्केपछि भने उनीकतै नभेटिएकी हुन् ।

उनी हराएपनिपतिबाबुराम र माइतीआमा साबित्राले नरेठाँटी प्रहरी चौकीमाउजुरी समेत गरेका छन् । प्रहरीले खोजीगर्ने बताएपनि सातादिन सम्मकुनै पत्तो नपाएपछि आत्तिएकी साबित्राले हार गुहार गरिरहेकी छिन् ।

‘सानैदेखि केही सुस्त प्रकारकीहो, तर यसरी बेहोसी भएर जतापायो त्यतै भने जानु नपर्ने हो’ उनले भनिन्, ‘जताभएपनि सकुशल भेटिए हुन्थ्यो ।’ उनले स्थानीयबासिन्दाचिनेजानेका सबैलाई छोरीको खोजीगरिदिनआग्रह गरेकी छिन् । प्रहरीले पनिखोजी भैरहेको बताएको छ ।