रामरेखा आधारभुत बिद्यालयमा फेन्सी व्यावसायी समितीद्धारा न्यानो कपडा सहयोग

/ प्रकाशित मिति :
मंगलबार, माघ १६ २០८០

 

बागलुङ, १६ माघ – कपडा तथा फेन्सी व्यावसायी समिती बागलुङले बागलुङ नगरपालिका – १ रामरेखा आधारभुत बिद्यालयका बिपन्न बिद्यार्थी लाई न्यानो कपडा सहयोग गरेको छ ।

समितिले बिद्यालयमा अध्यनरत गरिब, दलित, अपाङ्ग र बिपन्न वर्गका बालबालिका लाई न्यानो कपडा वितरण गरेको हो ।

कपडा तथा फेन्सी व्यावसायी समिती बागलुङका अध्यक्ष दल बहादुर कार्की डिबी, निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा, समितीका उपाध्यक्ष गोकुलप्रसाद कँडेल, सचिव प्रेमलाल गौतम र सहसचिव रबिन्द्र कुमार श्रेष्ठ लगायतले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसी र प्रधानाध्यापक कविराज जिसी लाई हस्तान्त्रण गर्नुभएको थियो ।

चिसो मौसममा बिपन्न वर्गका बालबालिका लाई थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले न्यानो कपडा सहयोग गरिएको समितिका अध्यक्ष डिबी कार्कीले जानकारी दिनुभयो ।