प्रेस चौतारी कप माघ १९ गतेदेखि

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, माघ १५ २០८០

प्रेस चौतारी कप बिद्यालय स्तरीयफुटवल प्रतियोगिता हुने बागलुङमा प्रेस चौतारी कप बिद्यालय स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।

प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा बागलुङमा प्रेस चौतारी कप बिद्यालय स्तरीय फुटवल प्रतियोगिता हुने भएको हो । स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारीता भन्ने नाराका साथ यहि माघ १९ गतेदेखि २२ गतेसम्म बागलुङको बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता हुन लागेको प्रेस चौतारी बागलुङले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रतियोगिताको वारेमा जानकारी दिदै प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष सिर्जना पन्तले खेलका लागि राष्ट्रिय खेलाडि उत्पादन गर्ने शुरुवाती उद्गम स्थल बिद्यालय भएकाले बिद्यालय स्तरीय फुटवल प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

जिल्लाको खेलकुद पत्रकारीतालाई फराकिलो दायरामा लैजानुपर्ने आवश्यकता रहेकाले प्रेस चौतारीले प्रतियोगिता आयोजना गरेको केन्द्रिय सदस्य एवँ जिल्ला इन्चार्ज तारानाथ आचार्यले बताउनुभयो ।

कक्षा ६ देखि १२ सम्म अध्यन गर्ने बिद्यार्थीले सहभागीता जनाउन पाउने प्रतियोगितामा १५ टिम भन्दा बढिले सहभागीता जनाउने अपेक्षा गरिएको जानकारी दिदै सचिव अर्जुन कार्कीले माघ १९ गतेदेखि प्रतियोगिता शुरु हुने र २२ गते स्थापना दिवसको अवसरमा फाइनल खेलका साथै पत्रकारीता पुरस्कार बितरण गरिने बताउनुभयो ।

जिल्ला शाखा उपाध्यक्ष खेमराज गौतम सुवासले प्रतियोगितामा बिजेता समुहलाई नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता हुने समुहलाई नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र बिद्यागत खेलाडिलाई पनि पुरस्कृत गरिने बताउनुभयो । प्रतियोगिताका लागि ४ लाख ७२ हजार ५ सय खर्च अनुमान गरिएको अध्यक्ष पन्तले जानकारी दिनुभयो ।