पत्रकारहरुले आलोचनात्मक र रचनात्मक चेतका साथ कलम चलाउनुपर्ने: मुकेशचन्द्र राजभण्डारी

प्रेस सेन्टर नेपालले २० औ स्थापना दिवस मनायो
कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
सोमबार, माघ १५ २០८០

प्रेस सेन्टर नेपालको २० औ स्थापना दिवस बागलुङमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रेस सेन्टर नेपाल बागलुङले २० औ स्थापना दिवस शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरि मनाएको हो ।

स्थापना दिवसको अवसरमा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मुकेशचन्द्र राजभण्डारीले पत्रकारहरुले आलोचनात्मक र रचनात्मक चेतका साथ कलम चलाउनुपर्नेमा जोड दिनुभयो । श्रमजीवि पत्रकारको समस्या बढ्दै गएको चर्चा गर्दै उहाँले साना लगानीका मिडिया र श्रमजीवि पत्रकारको समस्या समधानमा थप सशक्त बन्नुपर्ने बताउनुभयो ।

प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज नेपाल कोपिला कडेलले कृष्ण सेन ’इच्छुक’ लगायत महान शहीद, बेपत्ता योद्धाहरूले देखाएको बाटोमा अविचलित रूपमा लागिरहनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष सिर्जना पन्त, प्रेस युनियन बागलुङका अध्यक्ष सगम घर्तिमगर र नेपाल पत्रकार महासघ बागलुङका सचिव विजय रानाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रेस सेन्टर बागलुङका उपाध्यक्ष सञ्जनकुमार सिँहको अध्यक्षता र सचिव अनिष खातीको संचालनमा सम्पन्न भएको थियो ।