स्नोकर प्रतियोगिताको उपाधी भिम रसाईलीलाई

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ १४ २០८០

दक्ष खेलाडी उत्पादन गर्न, युवाहरुलाई स्नोकर खेल प्रति आकर्षित गर्ने उद्धेश्यले बागलुङ नगरपालिका वडा नं. ०३ फेन्ड्ली स्नोकर हाउसमा सञ्चालित दोस्रो खुल्ला स्नोकर प्रतियोगिताको उपाधी भिम रसाईलीले उचालेका छन् ।
गुठी युवा क्लब, बागलुङको आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा बानपा ०३ गुठीका रसाईलीले बानपा ०२ रुद्रेपिपलका अभिनास बोसेललाई पराजित गर्दै उपाधी हात पारेका हुन् ।


यही १२ र १३ गतेबाट संचालन भएको प्रतियोगितामा बिजेता हुने रसाईलीलाई लोकल खसी, ट्रफी, मेडल प्रमाण–पत्र, उपबिजेता हुने बोसेललाई २ वटा लोकल कुखुरा, ट्रफी, मेडल प्रमाण–पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी बानपा ०३ का आशिष खड्कालाई घोषित गर्दै १ थान स्ट्रिकसहित प्रमाण–पत्र कार्यक्रमका प्रमुख अतिथी, अध्यक्ष, विशिष्ट अतिथी लगायत अतिथीहरुले प्रदान गरेका थिए ।


समापन कार्यक्रममा भष्ट्रचार विरुद्ध नागरिक अभियान उपाध्यक्ष एक बहादुर केसी संगमले मन्तव्य राखेका थिए ।
प्रतियोगिता गुठी युवा क्लवका सचिव सुवास रुचालको संचालन, उपाध्यक्ष अमन रुचालको गुप्ताको अध्यक्षता तथा बागलुङ नगरपालिका वडा नं. ०३ का कार्यवाहक वडा अध्यक्ष अर्जुन खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

अन्य फोटोहरु हेर्नुहोस्ः