बा.न.पा ४ मा वडास्तरीय बाल समिति र बाल सञ्जाल समिति पुर्नगठन

/ प्रकाशित मिति :
शुक्रबार, माघ १२ २០८០

बागलुङ १२ माघ – बागलुङ नगरपालिका वडा नम्वर – ४ मा वडास्तरीय बाल समिति र वडा बाल सञ्जाल समिति पुर्नगठन तथा बालमैत्री स्थानिय शासन युक्त सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नगर उप–प्रमुख राजु खड्काले नगरपालिकाले शुरु गरेको स्थानिय बालमैत्री साशन युक्त नगर बनाउनका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । बालमैत्री शासन युक्त नगरका लागि आवश्यक पर्ने ५१ सुचक लाई पुरा गर्नका लागि सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकुत हरिदक्त कँडेलले ८१ साल पौष मसान्त सम्ममा बागलुङ नगरलाई बालमैत्री साशन युक्त नगर बनाउनका लागि सबै वडामा वडास्तरीय अभिमुखीकरण तथा बाल समिति र बाल संजाल गठन लगायतका कार्यलाई तिव्र रुपमा अगाडी बढाईएको बताउनुभयो । कँडेलले हाल सम्म ७० प्रतिशत सुचक पुरा भएकोे जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका हरि बहादुर जिसी सन्तोष, न्यु ओएसिस एकेडेमि बोडिङ स्कुलका अध्यक्ष दुर्गा कुवर, कुडुले माबिका प्रधानाध्यापक हरिलाल कँडेल, वडा स्तरीय बाल संजालका अध्यक्ष आयुस्मा क्षेत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेल र महिला तथा बालबालिका कार्यालयका प्रमुख सरस्वती देबी रेग्मीले गर्नुभएको थियो ।

भेलाले वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीको अध्यक्षतामा वडास्तरीय बाल समिति र निलकण्ड पौडेलको अध्यक्षतामा २५ सदस्यीय वडा बाल संजाल समिति पुर्नगठन गरेको छ ।

कार्यक्रम वडा नम्वर ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीको अध्यक्षता, कार्यपालिका सदस्य ज्योती केसी बिष्टको स्वागत र उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।