पालिका भित्रका उत्कृष्ट किसानलाई नगद सहित सम्मान

/ प्रकाशित मिति :
बिहिबार, माघ ११ २០८០

बागलुङ, ११ माघ – बागलुङको काठेखोला गाउँपालिकाले आठ जना सफल किसानलाई नगदसहित सम्मान गरेको छ । कृषि उत्पादन बृद्धिका लागि किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले उत्कृष्ट किसान छनोट गरेर नगदसहित सम्मान गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममा नै ‘सफल कृषक सम्मान कार्यक्रम’ घोषणा गरेको थियो । गाउँपालिकाान कृषि उत्पादनमुलक क्षेत्रमा काम गरिरहेका किसान मध्येबाट आठ जना छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्मानित हुने कृषकहरुमा सुरेश कँडेल, थानेश्वर कँडेल, नारायणदत्त कँडेल, पुतली थापा, जिवलाल शर्मा, यमप्रसाद शर्मा, मनबहादुर थापा र लालकुमारी पुन रहनुभएको छ ।

सम्मानित सबैलाई काठेखोला गाउपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा तिलक र प्रमुख प्रशासकिय अधिकृत खगराज गौतमले नगद सहित सम्मान सहित दोशल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिकिसान २५ हजार नगदसहित सम्मान गरिएको गाँउपालिकाका प्रवत्ता टिकासंगम बिकले जानकारी दिनुभयो ।