समृद्धिको एउटा आधारका रुपमा खेलकुदः अध्यक्ष थापा (फोटो सहित)

१२ औं राष्ट्रपति जिल्ला स्तरिय राष्ट्रपति रनिङ प्रतियोगिता उद्घाटन
कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, माघ ५ २០८០

बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ प्रतियोगिता सुरु भएको छ । १२ औं जिल्ला स्तरीय प्रतियोगिता शुक्रबारदेखि बागलुङको बाङ्गेचौर खेल मैदानमा सुरु भएको हो । प्रतियोगिताको शुक्रबार उद्धाटन गर्दै जिल्ला समन्वय समितीका प्रमुख अमर थापाले समृद्धिको एउटा आधारका रुपमा खेलकुदलाई लिइएको बताए ।

बागलुङका सबै पालिकामा खेलकुदका लागि पूर्वाधार निर्माण, प्रतिभा छनोट तथा उपयुक्त अवसरको सिर्जना गरिएको बताउँदै प्रमुख थापाले खेलकुदलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।


पालिकास्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनोट गरि उत्कृष्ट खेलाडीहरुलाई प्रदेशमा सहभागिता पाउने जिल्ला खेलकुद समितिका अध्यक्ष कुमार खड्काले बताए ।
माघ ५ र ६ गते बागलुङको बाङ्गेचौरमा संचालन हुने प्रतियोगितामा जिल्लाका १० पालिकाका ४ सय ५० भन्दा बढि विद्यार्र्थी खेलाडी सहभागी रहेका अध्यक्ष खड्काको भनाइ छ ।


प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र १०२ काश्य गरि २३४ मेडलको लागि विद्यार्थीहरु प्रतिस्पर्धा पदकका लागि प्रतिष्पर्धा हुने छ । कार्यक्रममा बडिगाड गाउ्रँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले मन्तव्य राखेकी थिएन् ।
समितीका समिक्षा थापाको स्वागत मन्तव्य, सदस्य ज्ञानेन्द्र ढकालको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

फोटोहरु