देशलाई बलियो बनाउनका लागि ब्यापारी बलियो हुनुपर्छः दुर्गा प्रसाई (भिडियोसहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ ४ २០८០

राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानमा लाग्नुभएका मेडिकल व्याव्सायी दुर्गा प्रसाईले देशलाई बलियो बनाउनका लागि ब्यापारी बलियो बन्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान धौलागिरीले बागलुङ बजार स्थित लोकतान्त्रि चोकमा आयोजना गरेको कार्यक्रम लाई संबोधन गर्दै उहाँले देश बचाउनका लागि पार्टीको झण्डा छोडेर राष्ट्रिय झण्डा मुनी आउन आग्रह गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट असुल्दै आएको चर्को करको मिनाहा हुनुपर्ने बताउनुभयो । प्रसाईले बैँक, तथा वित्तीय संघसंस्था र सहकारी संस्थाहरु केही मारवाडी, नेता र तस्करको पैसा कमाउने थलो भएको टिप्पणी गर्नुभयो ।उहाँले आफू भोट माग्न र पैसा उठाउन आएको नभई पिडित जनतालाई न्याय दिन आएको बताउनुभयो । लघुबित्त र सहकारी पीडितहरुलाई आत्महत्याबाट बचाउन आफू यो अभियान संचालन गरेको प्रसाइको भनाइ थियो । प्रसाइले बागलुङका देब कुमार नेपाली लाई एमालेले संरक्षण दिएर दिल्लीमा राखेको आरोप लगाउनुभयो ।

सो अवसरमा निलगीरी अस्पतालका अध्यक्ष दिलबहादुर कार्कीले पिडितहरु प्रति राज्य जवाफदेही बन्नुपर्ने बताउनुभयो । उहाँले बिभिन्न क्षेत्रमा अस्पताल खोल्नका लागि दुर्गा प्रसाईको आन्लोलन सकरात्म रहेको बताउनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले मुलुकमा बढ्दै गएको कालोबजारी भ्रष्टाचार र अनियमितता बिरुद्ध सबै एक हुनुपर्ने बताउनुभयो ।

त्यस्तै समाज सुधार अभियानकर्ता तिलक रिजालले पिडितका समस्या प्रति राज्य जवाफदेही नभएको टिप्पणी गर्नुभयो ।
कार्यक्रम नागरिक बचाउ अभियानका धौलागिरी अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता र बागलुङकी अध्यक्ष कामना खड्का जिसीको स्वागत मन्तव्य र ईसा खड्काको संचालनमा सम्पन्न भएको थियो ।

भिडियो हेर्नुहोस् ।