रेडक्रसले मनायो २६ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस

/ प्रकाशित मिति :
मंगलबार, माघ २ २០८០

 

बागलुङ, २ माघ – नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाले २६ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस  मनाएको छ । रेडक्रसले भुकम्प सुरक्षा दिवसका अवसरमा आपतकालिन बिपत व्यवस्थापन सम्बधी अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपाल भुकम्पको जोखिममा रहेकाले भुकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । बिपतको समयमा आफ्नो सुरक्षा आफै गर्नुपर्ने चर्चा गर्दै बरालले”बिपत पछिको उद्धारका लागी राहत र उद्धारका सामग्री तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो । भुकम्प बाट बच्न र बचाउनका लागी बिगतका ठुला भुकम्प बाट पाठ सिकेर आफै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिका वडा नम्वर –४ का अध्यक्ष कुमार बिक्रम क्षेत्री र भिमापोखरा कल्याण समाजका अध्यक्ष टिकाबहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङ्गका कोषाध्यक्ष जिवननाथ शर्माले आपतकालिन बिपत व्यवस्थापन सम्बन्धी एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यको अध्यक्षता र सदस्य कृष्ण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।