बागलुङ नगर खानेपानीको निर्वाचनमा ९ सय ८५ मत खस्यो, मतगणना शुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष २८ २០८០

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा ९ सय ८५ मत खसेको छ । शनिबार विद्यामन्दिर माध्यामिक विद्यालय प्राङ्गडमा सम्पन्न मतदानमा ९ सय ८५ मत खसेको निर्वाचन अधिकृत चित्राङ्गत बरालले बताए ।

निर्वाचनमा ५४७ पुरुष र ४३८ महिला हालेको मतको गणना शुरु भएको छ । संस्थामा आजीवन र साधारण गरी एक हजार पाँच सय २८ मतदाता थिए । पाँच सय ४३ जना मतदाता मतदानका लागि उपस्थित भएनन् । संस्थाको नयाँ नेतृत्वका लागि संस्थाका पूर्व अध्यक्ष केवी राना मगर, निवर्तमान संयोजक जयराम भारी प्यानलसहित चुनावी मौदनमा छन् भने भूपेन्द्र खड्काले एकल उमेद्वारी दिएका छन् ।