ढोरपाटनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाईते

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष २८ २០८០

बागलुङ, २८ पुष – बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सालझण्डी ढोरपाटन खण्ड अन्तर्गत प्याङ्खोला नजिकै आज विहान ११ बजे ध १ज १९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा ढोरपाटन–४ खुंगाका सवारी चालक तिलक घर्ति र चन्द्रागिरी नगरपालिका–५ सतुंगलकी २८ बर्षिय संगिता अधिकारी गैरेको घटना स्थलमै मृत्यु प्रहरी निरीक्षक दिपक बाबु केसीले बताउनुभयो । जिपमा सवार अन्य ९ जना घाइते भएका छन ।

उनीहरु मध्ये ६ जनाको अबस्था गम्भिर छ । तीन जना सामान्य रहेको र उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ । दुर्घटनाको कारण खुलेको छैन् ।