अधुरा काम पुरा गर्ने, पानी परीक्षणका लागि किट बक्स (भिडियो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष २७ २០८០

गठबन्धनका साझा उमेद्वार जयराम भारीले १६ बँदे प्रतिबद्धता सार्वजनिक गरे । भारीले पहिलो प्राथमिकतामा सहलगानी कार्यक्रमअन्र्तगत सञ्चालनमा रहेको लिफ्टिङ खानेपानी आयोजना पुरा गर्ने बिषय राखेका छन् ।

दक्ष प्राबिधिकको नियुक्ती र बिधान संसोधनको बिषय पनि भारीले छुटाएका छैनन् । पानी प्रशोधन इकाई निर्माण, पुराना मुहानबाट आएको पाईपलाईन परिवर्तन, मर्मत, आम्दानी खर्च सफ्टवेयर सिस्टममा राख्ने, संस्थाको आफ्नै भवन निर्माण, महशुल भुक्तानी सर्वसुलभ बनाउने लगायतका प्रतिबद्धता भारीले सार्वजनिक गरेको प्रतिबद्धमा समावेश छन् ।
आम उपभोक्तालाई वितरण गरिने पानीमा शुद्धताका लागि पानी परीक्षण प्रयोगशाला (किटबक्स) सञ्चालन गरिने भारीले बताए । विद्युत महशुल निशुल्क गर्ने, स्रोत साधानको प्रयोग र संरक्षण लगायतका प्रतिबद्धता समावेश गरिएको छ ।

अध्यक्षमा उमेद्वारी दिएका कांग्रेस निकट सुवास आचार्यले पत्रकार सम्मेलनमार्फत आफ्नो समर्थन भारीलाई भएको घोषणा गरेका थिए । भारीको प्यानलमा राष्ट्रिय जनमोर्चा र नेकपा माओबादी केन्द्र निकटका उपभोक्ताको उमेद्वारी छ ।

भिडियो हेर्नुहोस्