नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघको नेतृत्व चयन

/ प्रकाशित मिति :
आइतबार, पुष २२ २០८០

 

राजेशचन्द्र राजभण्डारी
बागलुङ २२ पुष – नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ बागलुङ शाखाको नबौ बार्षिक साधारणसभा तथा छैठौं अधिबेशन एक कार्यक्रम बिच बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।

साधारणसभामा पुस्तक तथा स्टेशनरी ब्यवसाय गर्दै आएका बागलुङका ब्यवसायी लालचन्द्र राजेशचन्द्र राजभण्डारी पुस्तक तथा स्टेसनरी ब्यवसायी संघका प्रोपाइटर लालचन्द्र राजभण्डारी ,प्रेस तथा छापाखाना ब्यवसायी तर्फ राजभण्डारी छापा खानाका प्रोपाइटर कृष्ण गोविन्द राजभण्डारी लाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गौतम , केन्द्रीय सदस्य रमेश पौडेल ,गण्डकी प्रदेश सचिव कृष्णप्रसाद पोखरेल,पुर्व जिल्ला अध्यक्ष नवराज पौडेल , सल्लाहकार ध्रुवराज शर्मा ,लगायतका बक्ताहरूले पुस्तक ब्यवसायी मर्यादित बनाउन जरुरी भएको बताउनुभएको थियो ।

अधिवेशनले डिल्लीराज शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा टिकाराम गौतम, सचिवमा जीवननाथ शर्मा, कोषाध्यक्षमा किशोर सापकोटा सहसचिवमा शोभाखर शर्मा चयन भएका छन् ।सदस्यहरूमा नारायण शर्मा ,हरि सापकोटा,देवी कुमारी शर्मा ,रूपा थापा ,मनप्रसाद गौतम तिलक खड्का चयन भएको निर्वाचन संयोजक थानेश्वर सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रम नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागलुङका अध्यक्ष डिल्लीराम शर्माकोको अध्यक्षता, कोषाध्यक्ष किशोर सापकोटाको स्वागत र सचिव जीवननाथ शर्माको संचालनमा सम्पन्न भएको थियोे ।