रेडक्रस मालिका उपशाखाद्वारा बालश्रम प्रा.बि.मा न्यानो कपडा वितरण

/ प्रकाशित मिति :
शनिबार, पुष २१ २០८០

बागलुङ, २१ पुष – नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखा द्वारा बा.न.पा.५ मालिकाको बालश्रम प्रा.बि.मा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाको समन्वय र युवा व्यावसायी तथा ॐ श्री दक्षिणमकाली क्रसर उद्योग तथा कोरोना एकेडेमी बाग्लुङका संचालक विबेक हमाल तथा शेयर बजारका लगानीकर्ता अतुल बिप्लब प्रधानको सौजन्यमा बिधालयमा अध्ययनरत २२ जना बिद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरिएको मालिका उपशाखाका सभापती रेशमलाला सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाग्लुङ शाखाका सभापती जगन्नाथ आचार्यले चिसो सिजनमा बालबालिकाको लागि न्यानो कपडा वितरण गरेर रेडक्रस मालिका उपशाखाले सर्हानिय कार्य गरेको बताउनुभयो । मालिका उपशाखा जिल्लामै उत्कृष्ट रहेको र हरेक समस्यामा अगुवाइ गरिरहेको आचार्यले बताउनभुभयो ।

बा.न.पा –५ का वडाअध्यक्ष हरिप्रसाद शर्माले मालिका उपशाखा सङ्ग वडा कार्यालयले समन्वय गरिरहेको र बिपद ब्यबस्थापन सम्बन्धी काममा सहकार्य गर्ने बताउनु भयो ।बागलुङ शाखाका कोषाध्यक्ष्य जीबननाथ शर्माले रेडक्रसको कुनै आर्थिक श्रोत नभएकोले मानविय सहायताको लागि सदस्य बनेर सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बिद्यालय का प्र.अ. दयाराम रेग्मी शिक्षक मनोज कुमार घर्ती, रबिलाल रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखाका सभापती रेशमलाल सापकोटाको अध्यक्षता, कार्यसमिति सदस्य कमला सापकोटाको स्वागत मन्तव्य र सचिव मातृका आचार्यको संचालनमा सम्पन्न भएको थियो ।