नागरिक बचाउ अभियानको बागलुङमा कार्यालय स्थापना सहित जिल्ला र अञ्चल कमिटि गठन

/ प्रकाशित मिति :
शुक्रबार, पुष २០ २០८០

बागलुङ, २० पुष – दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ, महाअभियान अन्र्तगत बागलुङमा सम्पर्क कार्यालय स्थापना गरी अञ्चल तथा जिल्ला कमिटि गठन गरिएको छ । बागलुङ बजार सिनेमा रोडमा कार्यालय स्थापना गरी बागलुङमा भएको एक भेलाले अञ्चल र जिल्ला कमिटि गठन गरेको हो ।

सुनिल श्रेष्ठ अध्यक्षता धौलागिरी अञ्चल कमिटि र कामना जिसी खड्काको अध्यक्षतामा बागलुङ जिल्ला कमिटि गठन भएको नागरिक आन्दोलनका संयोजक केदारसिहँ नेपालीले जानकारी दिनुभयो ।

श्रेष्ठ अध्यक्ष रहेको अञ्चल समितिको उपाध्यक्षमा गोपाल बहादुर खड्का, राकेश शर्मा पौडेल, सचिव बिनोद कर्माचार्य, कोषाध्यक्ष चित्रबहादुर छन्त्याल रहनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा सिता खड्का, बजिर किसान, मिठु किसान,स्याम पुन, मुक्तिबहादुर पाईजा र उषा जैसी रहनुभएको छ ।

कामना जिसी खड्काको अध्यक्षतामा गठन भएको जिल्ला कमिटीको उपाध्यक्षमा ससिधर कँडेल,सचिव बसन्ती थापा र कोषाध्यक्ष संगिता सुनार रहनुभएको छ ।

सदस्यहरुमा राम बहादुर विश्वकर्मा, कुमारी बिक, गौरी क्षेत्री थुमी विश्वकर्मा कमला बिक टेगबहादुर बिक सावित्री किसान रहनुभएको १३ सदस्यीय समिती गठन भएको संयोजक केदारसिहं नेपालीले जानकारी दिनुभयो ।