धौलागिरी आयुर्वेद औषधालयद्धारा धम्जामा जडिबुटी सम्बन्धी अभिमुखिकरण

/ प्रकाशित मिति :
शुक्रबार, पुष २០ २០८០

बागलुङ, २० पुष – धौलागिरी आयुर्वेद औषधालय बागलुङले जिल्लाको काठेखोला गाँउपालिका – ३ धम्जामा जडिबुटीको पहिचान संरक्षण र प्रयोग सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

काठेखोला गाँउपालिका वडानम्वर – ३ धम्जा र बिहुँ आर्युबेद औषधालयको संयोजनमा औषधालयले अभिमुखिकरण सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वडानम्वर ३ का अध्यक्ष कुल बहादुर बिकले पछिल्लो समय आर्युबेद पद्धतीको महत्व जनमानसमा बढ्रदै गएको भन्दै यसलाई सबै स्थानिय तह वा वडावडामा पुर्याई सचेतना जगाउनुपर्ने बताउनुभयो । स्वस्थ जिवन यापनको लागि आर्युबेद्को प्रयोग एबं योग पद्धतीको बिकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्युबेदको महत्व बुझाई योग जिवनशैली अपनाउनका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा धौलागिरी आर्युबेद औषधालयका प्रमुख डा. शरद पन्थी र डा. कमल बिक्रम पौडेलले धौलागिरी आयुर्वेद औषधालय बागलुङ बाट संचालित आयुर्वेद चिकित्सासेवा , जडिबुटी संकलन संरक्षण प्रयोग विधि, स्थानीय जडिबुटीको उपयोग बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी प्रेम छन्त्यालले कार्यक्रम निकै उपलब्धीमुलक भएको भन्दै आगामी दिनमा पनि आर्युबेद सम्बन्धी यस्ताखाले कार्यक्रमहरु संचालन भईरहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधी, पार्टी प्रतिनिधि ,कर्मचारी, स्वास्थ्य स्वयंसेविका, बन समूह प्रतिनिधि, सहकारी सघंसंस्थाका प्रतिनिधी गरी ५५ जनाको सहभागिता जनाएका थिए ।

कार्यक्रम धौलागिरी आर्युबेद औषधालयका प्रमुख डा. शरद पन्थीको अध्यक्षता, जनप्रतिनिधी प्रेम बहादुर घर्ति मगरको स्वागत मन्तव्य र डा. कमल बिक्रम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।