जलाधार संरक्षण सम्बन्धी जनप्रतिनिधी र सरोकारवाला संग समन्वय गोष्ठी

/ प्रकाशित मिति :
शुक्रबार, पुष १३ २០८០

कोपीला कँडेल
बागलुङ, १३ पुष – भु –तथा जलाधार कार्यालय पर्वतको आयोजना र जिल्ला समन्वय समिति बागलुङको समन्वयमा जलाधार संरक्षण सम्बन्धी जनप्रतिनिधी र सरोकारवाला संग समन्वय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग बन तथा वातावरण मन्त्रि दिपेन्द्र बहादुर थापाले वातावरणिय प्रभावले पार्ने क्षेती न्युनिकरणका लागि तिनै तहका सरकार एक हुनुपर्ने बताउनुभयो ।

सिमित साधन र श्रोत बाट जनताको अधिकाशं योजना पुरा गर्न कठिनाई भएको चर्चा गर्दै उहाँले जलाधार संरक्षणका लागि पनि आफ्नो मन्त्रालयमा प्राप्त बजेट नभएकाले सघं प्रदेश र स्थानिय तहले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बढ्दो बैदेशिक पलायन, डोजरको प्रयोग प्राकृतिक जन्य बिपत्तीका कारण जलाधार संरक्षण चुनौती पुर्ण रहेको भन्दै मन्त्रि थापाले ” बिकास निर्माणका लागि पुर्वाधान बनाउदा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले एकिकृत बस्तीको बिकास गरेर जानसके जलवायु परिवर्तन बाट हुने सम्भावित जोखिन न्युनिकरण गर्न सकिने बताउनुभयो । उहाँले जथाभावी हुने गरेको डोजरको प्रयोग लाई नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढाले जल जमिन जंगल र जनता लाई जोडेर सहि पुर्वाधार निर्माण गर्न सके जलाधारको संरक्षण हुनसक्ने चर्चा गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांङ्गत बरालले संरक्षणको क्षेत्र र बिपद्को पुर्व तयारी गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बागलुङ जिल्लामा ग्रामिण सडक बाट उत्पन्न समस्या, परेका प्रभाव र समाधानका उपाय बिषयमा भु–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल, युएससआईडी जलजंगल सम्बन्धी सिनियर कार्यक्रम अधिकृत सोभित कोईराला र जलाधार व्यवस्थापन कार्यालय चालु आर्थिक बर्षका कार्यक्रम बारे बिबेक तामाङले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, जलाधार व्यवस्थापन अधिकृत स्याम सुन्दर अधिकारीको स्वागत मन्तव्य र जिल्ला समन्वय समितिका सुचना अधिकृत दुर्गा शर्माको संचालनमा सम्पन्न भएको थियो ।