शैक्षिक तथा सर्वाङ्गिण बिकासका लागि बालमैत्री नगर घोषणाः नगरप्रमुख श्रेष्ठ (फोटो र भिडियो सहित)

बागलुङ नगरपालिका वडा नम्वर १ मा बालमैत्री वडा समिति एबं बाल सञ्जाल गठन
कोपिला कंडेल / प्रकाशित मिति :
शुक्रबार, पुष ६ २០८០

बागलुङ नगरपालिका वडा नम्वर – १ मा वडा स्तरीय बालमैत्री स्थानीय शासन वडा समिति एबं बाल संञ्जाल गठन तथा शुभारम्भ कार्यक्रम भएको छ ।
बागलुङ नगरपालिकाको नगरक्षेत्र लाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्र्तगत बिहिबार बानपा १ रामरेखामा बालमैत्री स्थानीय शासन वडा समिति एबं बाल सञ्जाल गठन गरिएको हो ।
वडा भित्रका बिद्यालय सहित सरोकारवालाको सहभागीतामा र्‍र्याली सहितको कार्यक्रमको आयोजना गरि वडा तहमा गठन गर्नुपर्ने वडा समिति र बाल सञ्जाल गठन गरिएको वडा अध्यक्ष जयबहादुर केसीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रम्ुख बसन्तकुमार श्रेष्ठले समग्र क्षेत्रको बिकासका लागि शिक्षानै मुल आधार भएकोले बालबालिकाको शैक्षिक तथा सर्वाङ्गिण बिकासका लागि बालमैत्री नगर घोषणा गर्न लागिएको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले सक्षम नेतृत्व उत्पादन गर्नका लागि नगरपालिकाले बालमैत्री स्थानिय शासनको परिकल्पना गरेको बताउनुभयो ।


प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम नेपाल सरकारले ल्याएको नीति भएको हुँदा यसलाई बागलुङ नगरपालिकाले प्राथमिकतामा राखेर अगाडी बढाएको बताउनुभयो ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणाका आधारहरुका बारेमा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभएको थियो । सो अवसरमा धौलागिरी बहिरा आवसिय माबिका संस्थापक अध्यक्ष केबीराना मगर, चिल्ड्रेल लाईफ बोडिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ र बाल संजालका अध्यक्ष समिर रोका लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष जयबहादुर केसीको अध्यक्षतामा बालमैत्री वडा समिति गठन गरिएको छ । समितिको सदस्यमा सोमबहादुर बोहोरा, कृष्णबहादुर कार्की, टिकादेबी बोहोरा, शान्ति शर्मा, अनिता राजभण्डारी, कृष्णबहादुर केसी, तेजेन्द्र आचार्य, शम्भु आचार्य, कविराज कार्की, ईन्दीरा शर्मा, धना बोहोरा, समिर रोका, पुजा सापकोटा र शुस्मा गौतम रहनु भएको छ ।


यसैगरी आमन्त्रित सदस्यमा सुर्य लामिछाने, शकुन्तला थापा, कृष्णबहादुर अधिकारी भोजेन्द्र थापा, राजन शर्मा, रोशन श्रीस, दुर्गाबहादुर आचार्य, बिष्णु खत्री, धर्मदत्त सापकोटा कालिका कँडेल र केबी साही रहनुभएको छ ।
यसैगरी समिट रोकाको अध्यक्षतामा वडा स्तरीय बाल संजाल गठन गरिएको छ । समितिको सहितमा जाविक सुबेदी, सचिवमा पुजा सापकोटा, कोषाध्यक्ष रचना डेगा र सहसचिवमा कृष्ण थापा रहेका छन् ।


समितिको सदस्यमा आस्था पौडेल, पवन रायमाझी, प्रतिभा थापा, एञ्जल शाही, गृस्मा बोहरा, श्याम थापा, डेनिस क्षेत्री र आयुस्मा खड्का रहनु भएको छ । कार्यक्रम बागलुङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष जयबहादुर केसीको अध्यक्षता, वडा सदस्य शान्ति शर्माको स्वागत र शिक्षा अधिकृत गौरब रानाको संचालनमा सम्पन्न भएको थियो ।

भिडियो हेर्ने लागि तलको लिङ्क क्लिक गर्नुहोस्

फोटोहरु हेनुर््होस्ः
(फोटोः सुवास गौतम/कृष्ण संयोग)