बिहुँकोट स्थित त्रिपुरेस्वर महादेव मन्दिरमा शतबिज छरियो

/ प्रकाशित मिति :
सोमबार, मंसिर २५ २០८០

बागलुङ, २५ मंसिर – त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम बिहुँ रामकोटमा बालाचर्तुदशीका अवसरमा शतबिज छरिएको छ ।
धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा बिकसित हुँदै गएको यस आश्रममा भक्तजनले दिवंगत पित्रृका नाममा बिधिवत रुपमा शतबिज छरेका हुन् ।

सो अवसरमा बाजागाजा र भजन कृतन सहित मन्दिर परिसरमा तोरण तार्ने कार्य भएको मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष गौरी शंकर शर्मा सुबेदीले जानकारी दिनुभयो । भक्तजनको बाक्लो उपस्थितीमा पाठपारायण भजनकृतन र भगवान शिवजीको पुजाआराधना गरिएको उपाध्यक्ष सुबेदीले बताउनुभयो ।

काँठेखोला गाँउपालिका वडा नम्वर ५ मा पर्ने यसआश्रममा बालाचर्तुदशी सहित शिवरात्री, साउन महिनामा बिशेष पुजाआजा हुने गरेकाले जिल्लाका बिभिन्न क्षेत्रबाट भक्तजनको बाक्लो उपस्थिती हुने गर्दछ ।