रुद्रेपिपल माबिमा पूर्व बिद्यार्थीद्धारा ४ लाखको अक्षयकोष स्थापना

/ प्रकाशित मिति :
शुक्रबार, मंसिर २२ २០८០

बागलुङ, २२ मंसिर – बागलुङ सदरमुकाम स्थित रुद्रेपिपल माबिका पूर्व बिद्यार्थीले बिद्यालयमा ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

बानपा–१ रामरेखाका इन्जिनियर देवेन्द्रबहादुर हमाल र पत्नी पुनम हमाल तथा मेजर सोभितबहादुर हमाल र पत्नी यशोधाकुमारी हमालले उक्त कोष स्थानपा गर्नु भएको हो ।

उहाँहरुले स्वर्गिय बाबु दुर्गाबहादुर हमाल र आमा बेदकुमारी हमालको स्मृतिमा कोष स्थापना गर्नु भएको बिद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठले बताउनुभयो । बिद्यालयमा आयोजित एक कार्यक्रमकाबिच हमाल परिवारले कोष स्थापनाको घोषणाका साथै हस्तान्तण गर्नु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

कोषबाट कक्षा ६ देखि १० सम्मका जेहेन्दार तथा बिपन्न बालबालिका मध्येबाट छात्रतर्फ ३ र छात्रातर्फ ३ गरी ६ जना बिद्यार्थीलाई छात्रवृत्ति दिइने भएको छ । हमाल परिवारले एसईईमा जिल्लाकै उत्कृष्ट छुट्टै एक लाख रुपैयाँ पुरस्कार दिने समेत घोषणा गरेका छन् ।

बिद्यालयले पुरस्कार बितरणका लािग कार्यविधि समेत बनाइसकेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहराले जानकारी दिनुभयो । कोषलाई चालु बर्षबाटै संचालनमा ल्याइने प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।