वर्तमान सरकारले देशको अर्थतन्त्र धरासाही बनाएको छ – केपी ओली

/ प्रकाशित मिति :
बिहिबार, मंसिर २१ २០८០

बागलुङ, २१ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको अर्थतन्त्र धारासाही बनाएको आरोप समेत लगाउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा झुलाघाट–चिवाभन्ज्याङ’ निस्कनुभएका ओलीले बागलुङ जिल्ला कमिटीले आयोजना गरेको सन्देश सभामा उहाँले कर्मचारीको तनखा भर्न नसकेको सरकारबाट बिकास निर्माणको आशा नगर्न आग्रह गर्नुभयो ।

सरकार बिकास निर्माणका कुनैपनि काम गर्न नसक्ने अबस्थामा पुगेको टिप्पणी गर्नुभयो । कर्मचारीको तलवभत्ताका लागि समेत ऋण उठाउनुपर्ने अबस्थामा देशलाई पु¥याएर सरकार सञ्चालकहरु लाज पचाएर कुर्सिमा बसेको ओलीको आरोप थियो ।

‘यो सरकार लाज पचाएको लुते सरकार हो’ ओलीले भने ‘नैतिकता नभएर कुर्सिमा बसेका छन्, नत्र राजीनामा गरेर हिँड्नुपर्ने हो ।’ उहाँले वर्तमान सरकारले कुनैपनि काम गर्न नसकेको भन्दै एमाले सरकारमा हुँदा सुरुवात गरेका विकासका कामको स्मरण गर्दै गठबन्धन सरकारले उक्त कामहरु प्रभावित बनाएको आरोप लगाउनुभयो ।

कोराला नाका सञ्चालन, मुस्ताङमै युरिनियमको खानी अध्ययनका लागि विशेषज्ञ झिकाएर सेनाको जिम्मा लगाउने, पोखरा बिमानस्थल निर्माण लगायतका कामको स्मरण गर्दै ओलीले एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकको योजना कटौती गरेर वर्तमान सरकारले जनतालाई धोका दिएको बताउनुभयो ।