जहाँ दुख र समस्या त्यहाँ एमाले – केपी शर्मा ओली

/ प्रकाशित मिति :
बुधबार, मंसिर २០ २០८០

बागलुङ, २० मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ दुःख र समस्या छन् त्यहाँ एमाले पुग्ने बताउनुभएको छ ।

समृद्धिको लागि संकल्प यात्रा–२०८०’ अन्तर्गत बुधबार बागलुङको झिँवाखोलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले समृद्विको लागि संकल्प यात्रा जनता धनी बनाउने उपाय खोज्न यात्रा रहेको बताउनुभयो ।

मध्यपहाडी लोकमार्गसंग जोडिएको निसीखोलाको विकासका सन्दर्भमा पनि ध्यान केन्द्रित गरेको ओलीले बताउनुभयो । कार्यक्रममा बागलुङको परिचय बनाएको बुट्टेनली नली अध्यक्ष ओली उपहार प्रदान गरिएको थियो ।

एमाले बागलुङ नगर कमिटी अध्यक्ष धनबहादुर परियारका अनुसार, पदयात्री टोलीलाई बुधवार गण्डकी र कर्णाली प्रदेशको सिमाक्षेत्र पाती हाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गरेको छ ।

मंसिर २१ गते बिहिबार बिहान १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा अध्यक्ष केपी ओलीसंग संवाद गर्ने कार्यक्रम परियारले जानकारी दिनुभयो ।