लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान शुरु

/ प्रकाशित मिति :
आइतबार, मंसिर १០ २០८០

बागलुङ ९ मंसिर – लैङ्गिक हिसाँ बिरुद्धको १६ दिने अभियान शनिबारदेखी बागलुङमा पनि बिबिध कार्यक्रमका साथ मनाउन शुरु गरिएको छ ।

अभियानको पहिलो दिन सामाजिक बिकास कार्यालय र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा सेतो रिबन वितरण, बजारका बिभिन्न चोकमा ¥याली पर्दशन सहित लोकतान्त्रिक चोकमा पुगेर कोणसभा गरिएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै पुर्व साँसद मनकुमारी केसी जिसीले लैङ्गिक हिसाँ अन्त्यको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । बिशेष गरी महिला र बालबालिका लैङ्गिक हिसाँको चपेटामा पर्ने गरेको चर्चा गर्दै उहाँले सबैले साझा अभियान संचालन गरेर हिसाँको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

हिसाँ अन्त्यका लागि महिला र बालबालिकाको पक्षमा बनेका कानुनको पुर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, अन्र्तपार्टी महिला समितिका सचिव पिंगला खड्का जिसी, र अपाङ्ग संजालका चिजा थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, सामाजिक बिकास कार्यालय प्रमुख गोमादेबी रिजालको स्वागत र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी सघंसंस्था, पार्टीका भातृ संगठन, सुरक्षाकर्मी पत्रकार लगायतले सहभागिता जनाएका थिए । बागलुङमा १६ दिने अभियानभर बिभिन्न प्रकारका सचेतनामुलक कार्यक्रम हुने भएका छन् ।