छिस्तीमा भिरबाट लडेर ४२ बर्षिय पुरुषको ज्यान गयो

/ प्रकाशित मिति :
आइतबार, मंसिर ३ २០८០

बागलुङ ३ मंसिर–बागलुङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जैमिनीनगरपालिका, ८ छिस्तीको क्युवैखानीका ४२ बर्षिय कृष्ण पुनको भीरबाट लडेर मृत्यु भएको हो ।

घाँस दाउराकालागि घर नजिकैको गाँवाको भीरमापुगेका पुनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । पुन १ सय ५० मिटर तल खस्नुभएको थियो । स्थानीले तत्कालै उहाँको शव घरमा ल्याएका थिए । पुनको शव पोष्टमार्टमपछि अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।