भीमापोखरा कल्याण समाजद्धारा १२ बर्षिया बालकको उपचारका लागि १ लाख २४ हजार सहयोग

/ प्रकाशित मिति :
आइतबार, मंसिर ३ २០८០

बागलुङ ३ मंसिर –जिल्लाको काँठेखोला–२ भीमापोखराका प्रज्वल मल्लको उपचारका लागि भीमापोखरा कल्याण समाजले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले सञ्चालन गरेको प्रज्वलको उपचार कोषमा जम्मा भएको रकम शनिवार एक कार्यक्रमका विच प्रज्वलका वुवालाई हस्तान्तरण गरिएको हो ।

समाजका विशिष्ट सदस्य एवं ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम र सुवर्ण मल्लले प्रज्वलका वुवा प्रकाश मल्ललाई १ लाख २४ हजार ८ सय ५० रुपैयाँ हस्तान्तरण गरेका हुन् । सो रकमको चेक हस्तान्तरण गर्दै विशिष्ट सदस्य गौतमले प्रज्वलको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

भीमापोखरा निरलपाटाका १२ बर्षका प्रज्वलको स्पाइनल इन्जुरी हुँदै ट्युमर भएको थियो । प्रज्वलको उपचारका लागि लाखौ रुपैयाँ खर्च लाग्ने भएकोले यो रकमले ठूलो सहयोग मिल्ने वुवा प्रकाश मल्लले वताउनुभयो । विपत र समस्यामा परेकालाई सहयोग गर्न समाजले अभियान सञ्चालन गरेको र त्यसबाट प्राप्त रकम सहयोग प्रदान गरिएको अध्यक्ष टिका वहादुर कार्कीले वताउनुभयो ।

प्रज्वलको जीवन रक्षाका लागि अभियान सञ्चालन गरेर शनिवारसम्म जम्मा भएको रकम हस्त्तान्तरण गरिएको र अव संकलन हुने बाँकी रकम अर्काेदिन हस्तान्तरण गर्ने कार्यक्रम रहेको समाजका सचिव डिल्लीराज उपाध्यायले वताउनुभयो ।

समाजको अभियानमा दिगेन्द्र पौडेलले रु.६२३५, देबेन्द्र निउरेले रु.५०१०, मना शाहीले रु.५०००, हरिनारायण गौतमले २५४५, राजु निउरेले १५१०, चन्द्रमणी उपाध्यायले रु.१००५, टेक वहादुर शाहीले रु.५०००, जानकी मल्लले रु. ५०००, बल वहादुर भण्डारीले रु.१०००, अमर थापाले रु. १००० र देवयज्ञ प्रोत्साहन एवं कल्याणकारी कोषले रु. ५००० सहयोग गरेको समाजका कोषाध्यक्ष राजु गौतमले वताउनुभयो ।

त्यसैगरी, कृष्ण गिरीले रु.१५०५, शिव शर्माले रु.१००५, महेन्द्र पौडेलले रु.१११५, दिर्घ केसीले रु. ५५००, मणिभद्र शर्माले रु. १५०५, प्रकाश केसीले रु. १००५, रित वहादुर भण्डारीले रु. १५०५, अशोक केसीले रु. १००५, पबित्रा मल्ल थापाले रु. २११५, सुशान्त खातीले रु. ५०००, चित्र कार्कीले रु. १००५ र विष्णु थापाले रु. १००० सहयोग गरेका छन् ।

यो अभियानमा गजिन्द्र मल्लले रु. २०००, राजेन्द्र मल्लले रु.२०००, बालकृष्ण शर्माले रु.१०००, कोपिला उपाध्यायले रु. ५०५, प्रकाश कँडेलले रु.१००००, राजु गौतमले रु. ११५५, छबिलाल थापाले रु. १११५, टिकाराम सापकोटाले रु. १००५, डिल्लीराज उपाध्यायले रु.१००५, टीका वहादुर कार्कीले रु. १६०० र चन्द्र मल्लले रु. १०००० हजार सहयोग गरेको अध्यक्ष कार्कीले वताउनुभयो । सहयोग जुट्ने क्रम जारी छ ।