आज फेरी जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प

/ प्रकाशित मिति :
सोमबार, कार्तिक २០ २០८០

बागलुङ, २० कार्तिक – जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बागलुङ लगायत बिभिन्न जिल्लामा महसुस गरिएको थियो ।