जन्मदिनका अवसरमा मानवसेवा आश्रम लाई सहयोग

/ प्रकाशित मिति :
आइतबार, कार्तिक १९ २០८០

बागलुङ १९ कार्तिक – बागलुङको भकुण्डेकी एक बालिकाको जन्मदिनका अवसरमा मानव सेवा आश्रममा सहयोग गरिएको छ ।

बा.न.पा १० भकुण्डे घर भई रोजगारीको सिलसिलामा न्युजरल्याण्ड रहेका दिपेन्द्र चापागाई र सरिता चापागाईकी १ बर्षकी छोरी दियान्सी चापागाईको जन्मदिनका अवसरमा आश्रममा न्यानो कपडा तथा एक छाक भोजनको व्यवस्था गरिएको हो ।

आश्रममा रहेका ४८ जनाका लागि भोजन र न्यानो कपडा गरी २६ हजार बराबरको सहयोग गरिएको परिवारजनले बताएका छन् । उक्त सामग्री दियान्सी हजुरवुवा उमानन्द चापागाई र दिदि भगवती सापकोटाले आश्रमका संयोजक बिपना तामाङ लाई हस्तान्त्रण गर्नुभएको थियो ।

मानवसेवा आश्रममा आश्रित मानवका लागि थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले जन्मदिनमा हुने खर्च कटाएर सहयोग गरेको भगवती सापकोटले बताउनुभयो ।

सो अवसरमा परिवारका तर्फबाट सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।