रंङ्ग वैकटेस् मुक्तिनारायण मन्दिरको साधारण सभा तथा कन्यापुजन कार्यक्रम

/ प्रकाशित मिति :
आइतबार, कार्तिक ५ २០८០

बागलुङ, ५ कार्तिक – बागलुङ नगरपालिका – ४ स्थित श्री रंङ्ग वैकटेस् मुक्तिनारायण मन्दिर कुडुले फेदीले बिजया दशमी अन्र्तगत महाअष्टमी पर्वका अवसरमा कन्यापुजन सहित बर्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन अनन्त श्री बिभुषित श्री १ हजार ८ स्वामी नारायणाचार्यले गर्नुभएको थियो ।

आश्रमले गत आर्थिक बर्षमा १ करोड ९३लाख १० हजार ८ सय आम्दानी र ५० लाख ५० हजार ८ सय खर्च गरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष बिदुर शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खर्च कटाएर १ करोड ४२ हजार ५ सय बचत रहको छ ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव रामकृष्ण सापकोटाले प्रगति र कोषाध्यक्ष बिदुरप्रसाद शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

महाअष्टमी पर्वका अवसरमा मन्दिरले करिब २ सय कन्याको पुजन गरिएको थियो । नवदुर्गाको मर्म अनुरुप शास्त्रसम्वत रुपमा कन्या पुजन गरिएको आश्रमका अध्यक्ष तथा उत्तराधिकारी स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । नवदुर्गाका अवसरमा कन्यापुजनको बिशेष महत्वपुर्ण रहेकाले कन्यापुजन गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर–उपप्रमुख राजु खड्का,विश्वहिन्दु महासघंका अध्यक्ष जव्वरबहादुर लामिछाने,पुर्व वडाअध्यक्ष धुव्रबहादुर केसी लगायतले सहभागीता जनाउनुभएको थियो ।

कार्यक्रममा श्रीधराचार्य शालग्राम संग्राहालयले संचालन गरेको आर्युबेद औषधालयका लागि ग्लोबल सर्जिकल हाउसले बिभिन्न स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको थियो । ग्लोबल सर्जिकल हाउसका प्रतिनिधी टंकप्रसाद शर्माले उक्त स्वास्थ्य सामग्री औषधालयका  सिनियर अहेब झपेन्द्र केसी लाई हस्तान्त्रण गर्नुभएको थियो ।


कार्यक्रम मन्दिर व्यवस्थापन समिति तथा श्रीधराचार्य शालग्राम संग्रालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद शर्माको संचालन र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।