हातेमालो साहित्य संगम बागलुङको अध्यक्षमा दिनेश बिकल्प चयन

/ प्रकाशित मिति :
बुधबार, कार्तिक १ २០८០

 

बागलुङ, १ कार्तिक – हातेमालो साहित्य संगम बागलुङको अध्यक्षमा दिनेश बिकल्प चयन हुनुभएको छ । साहित्य संगमको बुधबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले बिकल्पको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी पुन र खिम पुन, सचिव कमला आचार्य, सहसचिव लक्ष्मी परियार र कोषाध्यक्षमा बिष्णु बैरागी मगर रहेका छ ।

यसैगरी समितिका सदस्यहरुमा तेजस्वी सरिता, तनमती रोका, भुपाल घर्ती, अमृत शर्मा, बिमल बिक केस कुमारी रोका र बिमलराज रेग्मी रहेका छन् ।यसैगरी सल्लाहकारहरुमा तारा शर्मा स्टार, याम रोका, सरु पौडेल ,राम अविरल र प्रेम मगर रहेको नवनिर्वाचित अध्यक्ष दिनेश बिकल्पले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै रत्नश्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले भाषा साहित्यको उथ्थानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

सो अवसरमा म्याग्दी साहित्य सञ्जालका अध्यक्ष तथा बुलबुल साहित्यीक पत्रिकाका प्रधान सम्पादक चन्द्र बहादुर लामिछाने, मुक्तक मञ्च पर्वतका अध्यक्ष निर्मल पौडेल, एनपि घायल, उपाध्यक्ष ठाकुर रसायली, नेपाल पत्रकार महासघं गण्डकी प्रदेश सदस्य तथा धौलागिरी एफएमका सम्पादक तारा शर्मा स्टार, पत्रकार महासघं बागलुङ शाखाका सहसचिव तारानाथ आचार्य, हातेमालो साहित्य संगमका संस्थापक अध्यक्ष याम रोका,पत्रकार कोपीला कँडेल, बिष्णु बैरागी मगर र कमला आचार्य लगायतले मन्तव्य सहित गजल मुक्तक कविता लगायतका सृजना वाचन गर्नुभएको थियो ।

कार्यक्रम हातेमालो साहित्य संगम बागलुङका अध्यक्ष सरु पौडेलको अध्यक्षता, कमला आचार्यको स्वागत मन्तव्य र सचिव दिनेश बिकल्पको संचालनमा सम्पन्न भएको थियो ।