स्वास्थ्य चौकीबाट प्रवाह हुने स्वास्थ्य सेवा लाई जनमुखी बनाउनुपर्नेमा जोड

/ प्रकाशित मिति :
मंगलबार, असोज ३០ २០८០

बागलुङ, ३० असोज – बागलुङको नारायणस्थानका स्थानियवासीले स्वास्थ्य चौकीबाट प्रवाह हुने स्वास्थ्य सेवा लाई जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य सेवा जनमुखी नहँुदा आम नागरिकले साना ेसानो रोगका लागि पनि समस्या भोग्नुपर्ने भएकाले छिटो छरितो र सेवाग्राहीमैत्री हुनुपर्नेमा उनिहरुले जोड दिएकाहुन् ।

बागलुङ नगरपालिका १४ नारायणस्थान स्थित नारायणस्थान स्वास्थ्यचौकी संचालनतथाव्यवस्थापन समितिलेको आयोजना गरेको सार्वजनिक सुनुवाइकार्यक्रममा स्थानियवासीले स्वास्थ्य सेवालाई जनमुखीबनाउन सके मात्र नागरिकको जीवन रक्षा हुने बताएका थिए ।

स्वास्थ्यचौकी बाट प्रवाहहुने स्वास्थ्य सेवालाई थपजनमुखी र व्यवस्थित बनाउने अभिप्रायले आयोजना गरिएको कार्यक्रममा स्थानियवासीले स्वास्थ्यचौकीबाट प्रवाह भैरहेका सेवा, सुविधा, कर्मचारीले गर्ने व्यवहार, औषधी बितरण प्रक्रिया, बिमा प्रक्रियाल गाएतका बिषयमा जिज्ञासा राखेका थिए ।

सहभागीबाट उठेको जिज्ञासामा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, वडा अध्यक्ष चक्रबहादुर खत्री, नगरपालिकाका सिनियर अहेव अधिकृत बिष्णुप्रसाद शर्मा र स्वास्थ्यचौकी इन्चार्ज ऋषीराम शर्माले प्रष्टाउनु भएको थियो ।

कार्यक्रम नारायणस्थान स्वास्थ्यचौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्षएवँ वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज ऋषीराम शर्माको स्वागत र धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्माको संचालनमा सम्पन्नभएको थियो ।