बागलुङमा साल्ट्र टे«डिङ कर्पोरेशन द्धारा सुपथ मुल्य पसल संचालनमा,चिनी भने दशै पछि पाईने

/ प्रकाशित मिति :
आइतबार, असोज २८ २០८០

कोपीला कँडेल
बागलुङ, २८ असोज – साल्ट्र टे«डिङ कर्पोरेशन लिमिटेड बागलुङ डिपो कार्यालयले बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि सुपथ मुल्य पसल संचालनमा ल्याएको छ । दशै तिहार लगायतका चाडपर्व लाई लक्षित गरी साल्ट्र टेड्रिङले संचालनमा ल्याएको सस्तो पसल बिहान १० बजेदेखी साझ ५ बजेसम्म खुल्ला रहने छ ।

बा.न.पा ४ उपल्लाचौरमा संचालनमा ल्याएको पसलमा यसबर्ष चिनीको भने अभाव रहेकोे छ । चिनीको मुल्य निर्धारण नहुदा तत्काल लाई चिनि उपलब्ध गराउन नसकिएको साल्ट्र टेड्रिङले कर्पोरेशन डिपो कार्यालय बागलुङका प्रमुख मनोज कुमार श्रेष्ठले बताउनुभयो । यही असोज २१ गतेदेखी संचालनमा आएको सुपथ मुल्य पसलमा चामल,नुन, शुद्ध तोरीको तेल,आटा मैदा लगायतका खाद्य सामग्री वितरण भईरहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिरा मसिनो चामल २५ केजीको बोराको रु २२ सयमा बिक्रि भईरहेको छ । त्यस्तै ५ केजीको आटा रु ३ सय ५०, २ केजीको रु १ सय ५० मैदा २ केजीको रु १ सय ६०, नुन प्र्ति पोका रु १८ र शुद्ध तोरीको तेल प्रति लिटर रु ३ सय ७५ रहेको छ ।

सर्वसाधारण लाई मध्यनजर गरी संचालनमा ल्याईएको सुपथ मुल्य पसलबाट प्राप्त सामानको दु्रुपयोग नगर्न वा अन्य पसल बाट नबेच्न समेत श्रेष्ठले आग्रह गर्नुभएको छ । पसल सार्वजनिक बिदाको दिन भने बन्द रहने उहाँले बताउनुभयो । चाडपर्व लाई लक्षित गरि संचालनमा ल्याएको सुपथ मुल्य पसल मंसिर ३ गतेसम्म रहने छ ।