काठेखोलाको तंग्राममा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न

/ प्रकाशित मिति :
आइतबार, असोज २१ २០८០

बागलुङ, २१ असोज – राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत काठेखोला गाउँपालिका – ४ तंग्राम बागलुङमा प्रशिक्षण भेला सम्पन्न भएको छ ।भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले गर्नुभएको थियो ।

उद्घाटन पछि बोल्दै उहाँले संघियताको नकरात्मक असरका कारण मुलुकमा व्यापार घाटा बढ्दै गएको बताउनुभयो । मुलुकको ब्यापार घाटा बढेर २१ खर्ब पुगेको र यो बढ्दो क्रममा रहेको चर्चा गर्दै थापाले अब देशले संघीयता थेग्न नसक्ने भएकोले संघीयता खारेजीका लागि सबै एक हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङको उपाध्यक्ष ओम बहादुर पुन लगायतको प्रशिक्षण मन्तव्य दिनुभएको थियोे ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य थमन पुन, अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुन लगायतले बोल्नुभएको थियोे ।

कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णु कडेलको अध्यक्षता, सचिव थिर बहादुर राना स्वागत र जिल्ला सदस्य टीका संगम बिकको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रशिक्षण भेलाले साबिक वडा स्तरीय टोल भेला, सदस्यता बितरण गर्ने निर्णय गरेको छ ।