बाढीका कारण क्षतिग्रस्त बनेको कागबेनी पुनर्निमाणको पखाईमा

/ प्रकाशित मिति :
आइतबार, असोज २१ २០८០

 

बागलुङ, २१ असोज – गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बारागुुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ स्थित कागवेनी यतिखेर पुनर्निर्माणको पर्खाइमा छ ।

बाढीका कारण मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचना पुुगेको क्षतिले कागबेनीको जनजीवन अझै तहसनहस छ । बाढीका कारण खानेपानी, सिँचाइलगायतका अत्यावश्यकीय पूर्वाधारमा भएको क्षतिका कारण दैनिकी सञ्चालनमा नै समस्या भइरहेको बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष दिकी गुरुङले जानकारी दिनुभयो ् । ‘बाढीले पु¥याएको क्षतिका कारण कागबेनी यतिखेर विभिन्न समस्या झेलिरहेको उहाँको भनाई छ ।

सोह्रश्राद्धको समय पारेर ठूलो सङ्ख्यामा कागबेनीमा पुुगेका तीर्थयात्रीहरू यस स्थानमा बाढीले पुु¥याएको क्षतिका कारण समस्यामा परेका छन् । बाढीले तीर्थालुलाई आश्रय दिँदै आएका धर्मशालासहित पाँच–छ वटा होटेल भत्काएको थियो । कृषि पेसामा आबद्ध स्थानीयवासी सिँचाइ कुुलो भत्कँदा समस्यामा परेका छन् भने बस्ने घर, नदीबाट आवतजावत गर्ने पुलका साथै कृषि उपज फलाउने बारी बगरमा परिणत बन्दा ठूलो समस्या भोग्नुपरेको स्थानीयको दुःखेसो छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुुसार बाढीले कागबेनीमा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुु¥याएको छ । बाढीले घर तथा होटेलका साथै विभिन्न सङ्घसंस्थाका कार्यालयमा क्षति पुु¥याएको थियो । बाढीका कारण सिँचाइ कुलो, स्याउका बगैँचा एवम् ठूलै संख्याका गोठमा क्षति पुु¥याएको कागवेनीमा विगत लामो समयदेखि निर्माण कार्यमा काम गर्दै आएका पदम लामगादेले जानकारी दिनुभयो ।