लागुऔषध दुव्र्यसन सम्बन्धी लियो क्लबको जनचेतना सम्पन्न

/ प्रकाशित मिति :
शुक्रबार, असोज १९ २០८០

सुजन् रेग्मी बाग्लुङ्
बागलुङ, १९ असोज – लियो क्लब अफ धौलागिरि बाग्लुङ र जिल्ला प्रहरी कार्यलय बाग्लुङको सहकार्यमा लागु औषध दुव्र्यसन सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।लागुऔषध सम्बन्धी जनचेतना फैलाउने उदेश्यले आयोजित कार्यक्रम मुल्पानी माध्यमिक् बिध्यालयमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा बिध्यालयका प्रधानध्यापक् सुवास् कडेलले बिद्यार्थीहरु लागुऔषधको कुलत बाट बच्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरि कार्यलय बाग्लुङका असई सन्तोस रेग्मी र प्रहरी हबल्दार सुवास थापाले लागु औषध बारेमा बिध्यार्थी लाई सहजिकरण गर्नुभएको थियो ।

उहाहरुले त्यस्ता कार्य गर्नेलाइ कार्बाही गरिने र त्यस्तो भेटिएमा जिल्ला प्रहरी कार्यलयमा वा १०० नम्बरमा कल गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रम लियो क्लबका अध्यक्ष मनिष कँडेलको अध्यक्षता, सचिन हरिजनको स्वागत मन्तव्य र सचिव आश्मिन शेखको संचालनमा सम्पन्न भएको थियो ।