म्याग्दीमा पहिरोले पुरिएर एकजनाको मृत्यु

/ प्रकाशित मिति :
सोमबार, असोज ८ २០८០

सन्तोष गौतम
बागलुङ, ८ असोज – बाटोमा हिँडिरहेको अवस्थामा पहिरोले पुरिएर म्याग्दीको मालिका गाउँपालिमा सोमबार एकजनाको ज्यान गएको छ ।

गोठका गाईवस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर मालिका–२ बेली गाउँका ५० वर्षीय तिर्थबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष उदय बुढाथोकीले बताउनुभयो ।

‘बिहान पौने ८ बजेतिर हिँडिरहेको अवस्थामा पहिरो खसेर पुरिएको खबर पाएपछि खोजिमा जुटेका थियौं,’उहाँले भन्नुभयो , ‘डोजर परिचालन गरेर पहिरोबाट शव निकालिएको छ।’