बिहुँमा आयाजित तिजगित प्रतियोगितामा सशक्तिकरण महिला समुह राहाले प्रथम

/ प्रकाशित मिति :
सोमबार, भाद्र २५ २០८០

बागलुङ, २४ भदौ – जिल्लाको काँठेखोलामा स्थापित बिहँुकोट विकास मञ्च तथा अन्तराष्ट्रिय बिहुँकोट विकास मञ्च र क्षेत्रिय समिति नवलपुर चितवन द्धारा आयोजित तिज गित प्रतियोगितमा महिला सशक्तिकरण समुह काँठेखोला ५ राहाले प्रथम भएको छ ।

ईनारपानि पौवाडाँडा स्थित राममन्दिरमा आयोजित सो प्रतियोगिताबाट अमर माबि द्धितिय, ईन्द्रेणी जनजाति समुह तृतिय र गौरीधाम महिला समुह सान्त्वना भएको बिहुँकोट विकाश मञ्चका सचिव बेदप्रसाद कँडेलले जानकारी दिनुभयो ।

सो अवसरमा परमेश्वर राममन्दिरका मठाधिस १ हजार ८ स्वामी उमेशानन्द सरस्वती, महिला नेतृ ज्ञानकुमारी शर्मा श्रीस, वडाअध्यक्ष बृहस्पती शर्मा कँडेल,अन्तराष्ट्रिय बिहुँकोट विकास मञ्चका अध्यक्ष गंगाराम कंडेल,राममन्दिर व्यवस्थापन समितिका अध्यक्ष पण्डित टिकाराम कंडेल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बिहुँकोट बिकास मञ्चका अध्यक्ष हिरा कँडेलको अध्यक्षता, कार्यक्रम संयोजक प्रेम श्रीसको स्वागत मन्तव्य र सचिव वेदप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।