सृजना वाचन र विमर्श सहित विपी जयन्ती मनाईयो

/ प्रकाशित मिति :
सोमबार, भाद्र २५ २០८០

 

बागलुङ,२५ भदौ – नेपाली राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वर प्रसाद (विपी ) कोइराला को १ सय १० औं जन्म जयन्ती बागलुङमा मनाइएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङ, नेपाल प्रजातान्त्रिक लेखक सघं र नेपाली लेखक सघंले खुल्ला वीपी साहित्य तथा सिर्जना वाचन कार्यक्रमका आयोजना गरि दिवस मनाईएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले विपीको विचारलाई आत्मसाथ गर्न सके मात्र उहाँप्रति सच्चा सम्मान हुने बताउनुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीपीको विचार सदैव स्मरण योग्य रहेको बताउनु भयो ।

कार्यक्रममा प्राज्ञ प्रेम छोटाले नेपाली साहित्यमा विपीको योगदान महत्वपुर्ण रहेको बताउनुभएको थियो ।
सो अवसरमा विपीको विचारबारे नेपाली लेखक सघंका अध्यक्ष गणेशप्रसाद शर्माले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा दर्जन बढि कवि सर्जकले विपी समर्थित सृजना वाचन गरेका थिए । सो अवसरमा धनराज सापकोटा, मुकेशचन्द्र राजभण्डारी, गुणराज पौडेल, शकुन्तला शर्मा कोपिला कँडेल, खडक थापा, रविना कँडेल, विशेष पराजुली, नारायण खराल लागयतले सृजना वाचन गर्नुभएको थियो । कार्यक्रममा उदयमान कवियत्री रविना कँडेललाई नगद ५ हजार सहित सम्मान गरिएको थियो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुका सचिव गण्डकी थापा अधिकारीको अध्यक्षता, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष धनप्रसाद सापकोटाको स्वागत र नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।