नेपाल सितोरियो कराते गाण्डकीको अध्यक्षमा धन लामा निर्बाचित

/ प्रकाशित मिति :
आइतबार, भाद्र १७ २០८០

 

बागलुङ, १७ भदौ –नेपाल सिरोरियो करातो गण्डकीको अध्यक्षमा धन लामा निर्वाचित हुनुभएको छ । सौराहामा सम्पन्न अधिवेशनले लामाको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा कर्ण बहादुर गुरुङ, द्धितिय उपाध्यक्षमा छविलाल गाहा, तृतिय उपाध्यक्षमा बुद्ध लामा,सचिव कृष्ण प्रसाद कँडेल र कोषाध्यक्षमा रामचन्द्र गिरि निर्वाचित भएको नेपाल सितोरियो करातेले जनाएको छ ।

नेपाल कराते महासंघका महा–सचीव एबं नेपाल सितोरियो कराते संघका अध्यक्ष धाव गुरुङले देशैभर रहेका खेलहरु मध्य सितोरियो करातमा सर्वाधिक खेलाडी रहेको बताउनुभयो । उहाँले करातेले बिभिन्न अन्तराष्ट्रिय प्रतियोगिता बाट अधिक पदक भित्र्याउन सफल भएको दाबी गर्नुभयो । आगामी दिनमा खेल लाई अझै सशक्त रुपमा अगाडी बढाउने उहाँको भनाई थियो ।

गण्डकि प्रदेस रेफ्री संयोजक सुरेन्द्र कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कराते संघ गण्डकी प्रदेशका अध्यक्ष मणि थापा , प्रदेस रेफ्री संयोजक सुरेन्द्र कुमार गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचि अध्यक्ष  धन लामाले प्रतिबद्धता मन्तव्य व्यक्त गरेको सचिव कृष्णप्रसाद कँडेलले जानकारी दिनुभयो ।