धवलागिरि बहुमुखी क्याम्पस पुस्तकालयले मनायो १६ औं राष्ट्रिय पुस्तकालय दिवस

/ प्रकाशित मिति :
शनिबार, भाद्र १६ २០८០

 

बागलुङ १५ भदौ – पुस्तौ पुस्ताका लागि पुस्तकालय भन्ने मूलनाराका साथ धवलागिरि बहुमुखी क्याम्पस अन्र्तगतको पुस्तकालयले १६ औं राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ ।

सो अवसरमा बोल्ने सहभागीले पठन संस्कृति हराउदै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय प्रविधिको प्रयोगले पुस्तक अध्यन गर्न सहज र सरल भएको भन्दै ‘ हरेक किसिमका ज्ञान, सिप र क्षेमताको विकासका लागि पठन संस्कारको विकास अनिवार्य हुने बताए । आम नागरिक लाई सुसुचित गर्न र राष्ट्रलाई सम्मृद्ध गराउनका लागि पुस्तकालयले महत्वपुर्ण योगदान पुर्याउनेमा सहभागीले जोड थियो ।

पुस्तकालय समितिका अध्यक्ष धुव्रराज गौतमको अध्यक्षता,शाखा प्रमुख कल्पना रेग्मीको संचालन र मुख्य कार्यालय सहायक शान्ति रेग्मीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा त्रि.वि सभा सदस्य तथा धवलागिरि बहुमुखी क्याम्पस समितिका अध्यक्ष प्राःडा दिनबहादुर थापा, क्याम्पस प्रमुख प्राःडा रामप्रसाद उपाध्याय, सहयक क्याम्पस प्रमुख हरिप्रसाद पाण्ड्य, हरिलाल रेग्मी, प्राध्यापक संघ सभापति भक्तिराम न्यौपाने, विभागीय प्रमुख विजयराज पन्त, उप–प्रा डा डिल्लीराज गौतम, कर्मचारी संघका सभापति शिवराज पन्त,स्व.वि.यु अध्यक्ष सुदिप सागर कँडेल र सचिव अनिल शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।