राष्ट्रिय जनमोर्चा बागलुङका जनप्रतिनिधिको २ दिने कार्यशाला सम्पन्न

/ प्रकाशित मिति :
शनिबार, भाद्र ९ २០८០

 

बागलुङ, ९ भदौ – राष्ट्रिय जनमोर्चा बागलुङका जनप्रतिनिधिको २ दिने कार्यशाला शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यशालाको राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले उदघाटन गर्नु भयको थियो ।

२ दिन सम्म सञ्चालन भएको कार्यशालामा प्रमुख अतिथि कृष्ण अधिकारी, रा.ज.मो.केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, बरिष्ठ अधिबक्ता काजीगाँउले श्रेष्ठ, जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुन, काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन, अधिबक्ता लक्ष्मी बास्कोटाले जनप्रतिनिधिको काम कर्तव्य र अधिकार, बिकाश निर्माणमा जनप्रतिनिधिको भुमिका, पार्टी र जनप्रतिनिधि बीचको अन्तर सम्बन्ध र भुमिका, नेपालको संबिधान, स्थानीय सरकार सञ्चालन ऐन र नियमावलीले ब्यवस्था गरेका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार लगायतले विभिन्न बिषयमा सहजिकरण गर्नु भएको थियो ।

कार्यशाला जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनको अध्यक्षता, काठेखोला गाउँपालिका उपाध्यक्ष तथा रा.ज.मो बागलुङका अध्यक्ष तिलक थापाको स्वागत मन्तव्य र बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनको सञ्चालनमा सम्पन्न भएको थियो ।