उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र नव गायिका लाई बिद्यालयको सम्मान

/ प्रकाशित मिति :
सोमबार, भाद्र ४ २០८០

बागलुङ, ४ भदौ – बागलुङ सदरमुकाम स्थित बिद्यामन्दिर माध्यामिक बिद्यालयले कक्षा १२ उत्तिर्ण गर्ने बिद्यार्थीलाई बद्याई सहित सम्मान गरेको छ ।

बिद्यालयले हालचालै राष्ट्रिय परिक्षा बोर्डद्धारा प्रकाशित कक्षा १२ को परिक्षामा उत्कृष्ट जिपीए प्राप्त गरि उत्तिर्ण हुने ७० जना बिद्यार्थीलाई सम्मान गर्नुका साथै बिद्यालयमा अध्यनरत नव गायिका सिम्रन परियारलाई पनि सम्मान गरेको थियो ।

बिज्ञान संकायबाट धौलागिरि मै उत्कृष्ट अंक ल्याउने रौनी कार्की लगाएत ए प्लस र ए जिपीए ल्याउने ७० जनालाई सम्मान गरिएको हो । बिद्यामन्दिरबाट ३ सय ७५ जनाले परिक्षा दिएकोमा २ सय ७० जना उत्तिर्ण भएका थिए । बिज्ञान संकाय तर्फ ८९ जना उत्तिर्ण भएका थिए ।

सो अवसरमा सुजन बैद्य स्मृति कोषबाट कक्षा ११ का ९ जना बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिएको थियो । अति गरिव, बिपन्न तथा भर्ना हुन नसकेका बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिएको कोषका अध्यक्ष निर्मलकुमार श्रेष्ठले जानकारी दिनुभयो । कोषका वारेमा बिद्यालय व्यवस्थापन समितिका सदस्य मुकेशचन्द्र राजभण्डारीले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिद्यालयको समग्र बिकासका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा शिक्षा बिकास तथा समन्व्य इकाई प्रमुख युक्तप्रसाद शर्माले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बावुलाल शाक्यको अध्यक्षता, प्रधानाध्यापक छविरमण रेग्मीको स्वागत र बिज्ञान इन्चार्ज कृष्ण गौतमको संचालनमा सम्पन्न भएको थियो ।