त्रिदण्डी यतिराज आश्रम मुत्तिनारायण मन्दिर सहस्रधारामा प्रवेसद्धार र गौशाला निर्माण हुँदै

/ प्रकाशित मिति :
मंगलबार, साउन ३០ २០८០

 

बागलुङ, ३० साउन – त्रिदण्डी यतिराज आश्रम मुत्तिनारायण मन्दिर पाङ सहस्रधारामा प्रवेसद्धार (गेट) र गौशाला निर्माण गर्न लागिएको छ । पर्वतको कुश्मा नगरपालिकाका र स्थानियको सहयोगमा प्रवेशद्धार र गौशाला निर्माण गर्न लागिएको हो ।

प्रमुख धार्मिक तिर्थस्थलको रुपमा परिचित त्रिदण्डी यतिराज आश्रममा आउने भक्तजनको सुबिधा र मन्दिरको आकर्षण बढाउनका लागि प्रवेसद्धार निर्माण गर्न थालिएको मन्दिरका उत्तराधिकारी स्वामी नारायणाचार्यले बताउनुभयो ।उहाँका अनुसार प्रवेशद्धार निर्माणका लागि बिदेशमा रहेका युवाले समेत सघाईरहेका छन् ।

कुश्मा नगरपालिकाको करिब ५ लाख र स्थानिय तथा अन्य भक्तजनको सहयोगमा प्रवेश द्धार र गौशला बनाउन लागिएको उहाँको भनाई छ ।

२०४२ शालमा अनन्त श्री बिभुषित त्रिदण्डी श्री १ हजार ८ स्वामी पराङ्कुशाचार्यको सत्संकल्पमा स्थापना भएको यस आश्रममा छिमेकी मुलुक भारत बाट समेत भक्तजनको बाक्लो उपस्थिति रहने गरेको छ ।

मन्दिरमा गौशाला र प्रवेस द्धारा बाहेकका भौतिक संरचना निर्माणका लागि संघिय सरकारले ३० लाख बिनियोजन गरेको उपभोक्ता समितिले जनाएको छ ।