राष्ट्रिय युवा संघ नेपालको एक युवा, पाँच विरुवा कार्यक्रम सम्पन्न

/ प्रकाशित मिति :
बुधबार, साउन २४ २០८០

बागलुङ, २४ साउन – राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङ र नगर कमिटि बागलुङको संयुक्त आयोजनामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले पोलिटब्युरो सदस्य एंव नवलपरासी इन्चार्ज मन कुमारी केसीले चन्दनको विरुबा रोपि उद्घाटन गर्नु भएको थियो। उहाँले यस्ता कार्य युवाहरुले गर्नु पर्ने र वातावरणको संरक्षणको लागि युवाले हातेमालो गर्नु पर्ने बताउनु भयो । युवाहरु लाई अगाडी बढाउनका लागि पार्टीले पुर्ण सहयोग गर्ने उहाको भनाई थियो ।

त्यसैगरी केन्द्रिय सदस्य तथा बागलुङ नगर उत्प्रेरक सुजन केसि, नेकपा एमाले बागलुङ जिल्ला कमिटिका उपसचिव गणेश थापा, नेकपा एमाले नगर कमिटि बागलुङका अध्यक्ष धन बहादुर परियार, राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटि सदस्य दिपेन्द्र रेग्मि तथा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि बागलुङ कार्यवहाक अध्यक्ष प्रेम रोका लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सफल गराउन ऋषिका नर्सरीका संचालक भुवन बोहोराले राष्ट्रिय युवा संघ नेपाललाई विरुवा उपलब्ध गराई सहयोग गर्नु भएको थियो।

उक्त कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङका अध्यक्ष बुद्ध बोहोराको अध्यक्षतामा र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि बागलुङ सचिव बिजय सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।