मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

/ प्रकाशित मिति :
शुक्रबार, साउन १२ २០८០

बागलुङ, १२ साउन – गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

“मुस्ताङ र मनाङमा लम्पी स्किनको संक्रमण केही रोकिएको छ, अरु जिल्लामा संक्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रुपमा देखिएको छ”, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा ग्रिष्म न्यौपानेले भन्नुभयो, “गाईभैँसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ ।” उहँका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको संक्रमण देखिएको छ ।

मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको संक्रमण नदेखिएको महाशाखा प्रमुख डा न्यौपानेले जानकारी दिनुभयो ।

विसं २०७७ मा पहिलोपटक कास्की, तनहुँ र नवलपुरमा देखिएकामा हालसम्म प्रदेशका ५८ हजार नौ सय ८२ गाईभैँसी संक्रमित भएका मन्त्रालयले जनाएको छ । “संक्रमितमध्ये दुई हजार दुई सय ८४ गाईभैँसीको मृत्यु भएको छ भने २७ हजार एक सय १८ गाईभैँसी निको भएका छन, उहाँले भन्नुभयो “बाँकी संक्रमित गाईभैँसीको अहिले पनि उपचार भइरहेको छ ।”

गण्डकीमा कूल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म एक लाख तीन हजार दुई सय ३० गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको महाशाखा प्रमुख डा न्यौपानले जानकारी दिनुभयो । “जिल्लास्थित भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ ।