बडिगाडको एक होटलमा प्रहरी मृत भेटिए

/ प्रकाशित मिति :
मंगलबार, साउन ९ २០८០

 

बागलुङ, ९ साउन – पश्चिम बाग्लुङको बडिगाड गाउँपालिकामा एक होटलमा प्रहरीको शव फेला परेको छ ।

गाउँपालिकाको वडा नं –६ खाल बजार स्थित आसा होटल एण्ड खाजा घरमा बरिष्ठ प्रहरी नायव निरक्षक उज्जवल पौड्यालको शव फेला परेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

पौड्यालको मृत्युको कारण खुलेको छैन् । जिल्ला प्रहरी बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का सहितको प्रहरी टोलि घटनास्थल पुग्दै छ । पौडेल मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले होटल शिल गरेर राखेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बागलुङका प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो ।