दलित महिला सघंको अध्यक्षमा सरस्वती हरिजन

/ प्रकाशित मिति :
आइतबार, साउन ७ २០८០

कोपीला कँडेल
बागलुङ, ७ साउन – दलित महिला सघं ( फेडो ) बागलुङको अध्यक्षमा सरस्वती हरिजन सर्वसम्मत निर्वाचित हुनुभएको छ । सघंको आईतबार सम्पन्न आठौ जिल्ला अधिवेशनले हरिजनको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुनिता परियार, सचिव पत्रित्रा नेपाली र कोषाध्यक्षमा साबित्रा सुनार रहनुभएको छ ।

यसैगरी समितिका सदस्यहरुमा समिक्षा मिजार, अमृता बराईली संगिता नेपाली बोहोरा, बिष्णु बिक रहनुभएको छ । टिका विश्वकर्माको संयोजकत्वमा टिकामायाँ बोहोरा र गंगा छिनाल दर्जी सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत बनाईएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै बागलुङ नगरपालिकाका नगर–उपप्रमुख राजु खड्काले दलित समुदाय लगायत सम्पुर्ण पिछडिएको वर्ग र क्षेत्रका समस्या समाधानका लागि बागलुङ नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो । दलित महिलाको शसक्तिकरणका लागि नगरपालिकाले बिभिन्न निती र कार्यक्रम तय गरेको चर्चा गदै नगर–उपप्रमुख खड्काले” महिला सशक्तिकरणका लागि नगरपालिका सकरात्मक रहेको बताउनुभयो ।

दलित महिला लगायत सम्पुर्ण श्रमिकका समस्या समाधान गर्न सरोकारवाला संग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने उहाँले बताउनुभयो । खड्काले महिलाहरुका लागि समान कामको समान ज्यालाको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा दलित महिला सघंका गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गायकले राज्यका सबै तहमा दलित महिलाको अर्थपुर्ण सहभागिता हुनुपर्ने बताउनुभयो । उहाँले दलितमा मुद्धा सबैका साझा बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बा.न.पा –२ का वडाअध्यक्ष सुरज बोसेल, दलित मुक्ति मोर्चाका केन्द्रिय सचिव टिका बिश्वकर्मा, दलित सघंका अध्यक्ष ताराकान्त बिक, दलित महिला सघंका गण्डकी प्रदेश सदस्य तुलसी परियार, पबित्रा सुनार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा दलित महिला सघं बागलुङका अध्यक्ष सरस्वती हरिजनले दलित महिलाका सवाल र सरोकारवालाका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र माथि टिप्पणी गर्दै पत्रकार प्रकाश बरालले दलित समुदायको हकअधिकार र जातिय छुवाछुत बिरुद्ध थुप्रै ऐन कानुन बनेपनि ब्याव्हारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

कार्यक्रम दलित महिला सघंका अध्यक्ष सरस्वती हरिजनको अध्यक्षता, संगिता नेपाली बोहोराको स्वागत मन्तव्य र साबित्री नेपालीको संचालनमा सम्पन्न भएको थियो ।