बिषालु च्याउ खाँदा बागलुङमा दुईजना बिरामी

/ प्रकाशित मिति :
सोमबार, साउन १ २០८០

 

बागलुङ, १ साउन – जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाको सिरखर्कमा विषालु च्याउ खाँदा एकै परिवारका आमा छोरा सिकिस्त बिरामी परेका छन् ।

जंगली च्याउ खाँदा सोही स्थानका ४० बर्षिय कर्ण बहादुर सिंजाली र उहाँकी आमा ७६ बर्षकीा तिला सिंजालि बिरामी पर्नुभएको हो ।

शनिबार बेलुकी जंगलबाट ल्याएको च्याउ आज बिहान खाँदा टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने र बेहोस हुने समस्या देखिएको थियो ।

बिरामी परेका दुबैलाई स्थानीय ग्वालीचौर स्वास्थ्यचौकीमा उपचार गरिएको थियो ।

उपचार पछि आमा तिला सिंजालीको स्वास्थ्यमा सुधार भएपनि छोरा कर्ण सिंजालिको स्वास्थ्यमा सुधार नभएपछि धौलागिरी अस्पताल बागलुङ रिफर गरिएको बडिगाड स्वास्थय शाखाले जनाएको छ ।